– योगेन्द्र योगी
संखुवासभा, २९ वैशाख । मकालु हिमाल चढ्ने क्रममा दुई जना भरियाको मृत्यु भएको छ ।
मकालुको ८ हजार ३ सय मिटर उचाईमा पुगेर एउटै टेन्टमा सुतेका मकालु ५ नुर्पु गाउँका ५१ बर्षीय लाक्पा शेर्पा र सोलु जुबिङ १ का ३५ बर्षीय दावातेन्जी शेर्पाको मृत्यु भएको संखुवासभाका प्रहरी प्रमुख डीएसपी गौतमकुमार केसीले जानकारी दिए ।
मकालु बेसक्यापको २ नम्बर क्याम्पमा उनीहरुको मृत्यु भएको हो । उनीहरु थामसेर्कु ट्रेकिङ एजेन्सीबाट मकालु हिमाल आरोहणका लागि आएका हुन् ।
मकालुको सेदुवामा रहेको प्रहरी चौकीबाट मकालु बेस क्याम्प पुग्न ५ दिन पैदल हिड्नु पर्छ । हिमाल आरोहणका लागि ११ जना जर्मन टोली सहभागी भएको थामसेर्कु ट्रेकिङ एजेन्सीले जनाएको छ ।













प्रतिक्रिया