दाङ, २९ वैशाख । दाङ जिल्लाको सत्वरियार गाविस– ९ मा भएको सडक दुर्घटनाका घाइते सन्देश घर्ती मगरको उपचारका क्रममा मृत्युभएको छ ।
मंगलबार दिउँसो ४ बजे लु १ ख ९५४३ नम्बरको ट्रकको ठक्करबाट स्थानीय घर्ती गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि मेडिकल कलेज कोहलपुर बाँकेमा लगिएका उनको राति ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्रक सहित चालकलाई ईलाका प्रहरी कार्यालय अमेलिया दाङले नियन्त्रणमा लिएको छ ।












प्रतिक्रिया