१७ कार्तिक २०८३, मंगलबार

प्रेस चौतारी अब ७५ वटै जिल्लामा, मनाङमा नयाँ शाखा स्थापना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Press-Chautari-1

काठमाडौँ, २८ बैशाख । प्रेस चौतारी नेपालको मनाङमा नयाँ शाखा स्थापना भएको छ ।

राजनबहादुर गुरुङ संयोजकत्वमा गठित सात सदस्यीय तदर्थ समितिलाई प्रेस चौतारी नेपालको मंगलबार बसेको बैठकले अनुमोदन गरेको प्रेस चौतारीका सचिव गणेश पाण्डेले जानकारी दिए ।

समितिको सदस्यमा छिमी वाङबो गुरुङ, सबिना सिंह महर्जन, छिरिङ लोप्साङ गुरुङ, निलम गुरुङ, मखनबहादुर गुरुङ र कमलजंग गुरुङ रहेका छन् ।

प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्यालले ७५ वटै जिल्लामा शाखा विस्तार गर्न पाउँदा खुसी लागेको बताउनुभयो । मनाङमा संचारसम्बन्धी संगठन स्थापना भएको यो पहिलो हो । नेपाल पत्रकार महासंघको शाखा समेत मनाङमा स्थापना हुन सकेको छैन् । प्रेस चौतारीका अब ७५ जिल्ला शाखा र आठ प्रतिष्ठान शाखा भएका छन् ।

चौतारीले आगामी जेठको ६, ७ र ८ गते काठमाडौँमा हुने आठौँ राष्ट्रिय अधिवेशनलाई भव्यताका सम्पन्न गर्न व्यवस्थापकीय कार्यलाई थप तीव्रता दिने निर्णय गरेको छ ।