१७ कार्तिक २०८३, मंगलबार

मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार चन्द्रशेखर कार्कीलाई प्रदान गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

10052016035155shekhar-1000x0काठमाडौं, २८ वैशाख । नेकपा (एमाले) केन्द्रीय प्रचार विभागद्वारा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७३’ बरिष्ठ फोटो पत्रकार चन्द्रशेखर कार्कीलाई प्रदान गर्ने निर्णय भएको छ ।

बरिष्ठ पत्रकार नारायण ढकाल संयोजक तथा नेपाल पत्रकार महासंघका पूर्व सभापति शिव गाउँले र साहित्यकार वासुदेव अधिकारी सदस्य रहनुभएको पुरस्कार सिफारिस समितिको सिफारिसअनुरुप ख्याती प्राप्त फोटो पत्रकार कार्कीलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो ।

मदन–आश्रित स्मृति दिवसको अवसरमा २०७३ जेठ २ गते पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा पहिलो पटक यो पुरस्कार प्रदान गरिनेछ ।