१७ कार्तिक २०८३, मंगलबार

दुर्लभ बन्यजन्तु सालकको खपटासहित काठमाडौंमा दुई पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Salak-ktmकाठमाडौं, २८ वैशाख । काठमाडौं महानगरपालिका–६ बौद्धस्थित सडकबाट दुर्लभ बन्यजन्तु सालकको २ केजी खपटा सहित महानगरीय अपराध महाशाखाले सोमबार २ जना कारोबारीलाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पक्राउ पर्नेहरुमा काठमाडौं बौद्ध बस्ने रामेछाप भुजी गाबिस–२ का २८ वर्षीय तिर्थ श्रेष्ठ र सोही ठाउँ बस्ने २३ वर्षीय अशोक श्रेष्ठ रहेका छन् ।

दुर्लभ बन्यजन्तु सालकको खपटा बेचबिखन गर्न केही मानिसहरु सालकको खपटा बोकी हिँडिरहेको भन्ने गोप्य सूचना प्राप्त भए पश्चात महाशाखाबाट खटि गएको प्रहरी टोलीले शंकास्पद ब्यक्तिहरुलाई नियन्त्रणमा लिई तलासी गर्ने क्रममा उक्त सालकको खपटासहित उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि महाशाखाले काठमाडौं जिल्ला बन कार्यालय हात्तिसार पठाएको छ ।