१७ कार्तिक २०८३, मंगलबार

सदभावना पार्टीका अध्यक्ष झा बागमती नदीमा मृत भेटिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sadvawana-rajendra-mahatoरौतहट, २८ वैशाख । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी रौतहटका एक जना नेता मृत अवस्थामा फेला परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रौतहट क्षेत्र नम्बर–४ का अध्यक्ष ४५ वर्षीय अनिलकुमार झाको शवलाई मंगलबार विहान बागमती नदीमा डुबेको अवस्थामा प्रहरीको टोलीले फेला पारेको हो ।

घटनाको कारण खुल्न सकेको छैन् । यससम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसैबीच पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले घटनाप्रति दुःख व्यक्त गर्दै सत्यतथ्य छानविनको माग गरेका छन् ।