काठमाडौं । म्हेन्दोमाया भाका रहेको म्यूजिक भिडियोहरुको भिडमा ल्हाई ब्योन (लेकाली ठिटो) एल्बम को भिडियो बुद्धजयन्तीको सन्दर्भ पारेर सार्वजनिक गरिने भएको छ ।
जितेन पाख्रिन र शान्ति मम्बाको स्वर, चिज तामाङको शब्द रचना र बिनोद तामाङको संगीत रहेको बर्मचेत … बोलको गीत नुवाकोट जिल्लाको सुन्दर गाउँ किम्ताङमा छायांकन गरिएको हो । रोशन फ्युबा द्धारा निर्देशित उक्त भिडियोमा कलाकारहरु रुपा घले, चिज तामाङ, नरेन तामाङ , आस्मा घले लगायतको अभिनय रहेको छ ।
ल्हाप्साङकर्पो म्यूजिक सेन्टर प्रा.लि काठमाण्डौको प्रश्तुतिमा बनेको उक्त भिडियोको सुटिङ हालै सकिएको छ । ल्हाप्साङकर्पो युट्युब च्यानल मार्फत बजार प्रबद्र्धन गरिने सो गीतमा समुदायको सांस्कृतिक प्रबद्र्धन,पहिचान र मौलिकतालाई जोड दिएको छ ।
















प्रतिक्रिया