१७ कार्तिक २०८३, मंगलबार

परियार समाजको अधिवेशन बुटवलमा, मन्त्री शर्मा उपस्थित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pariyar Samaj– बसन्त परियार

बुटवल, २८ वैशाख । परियार सेवा समाजको केन्द्रीय अधिबेशन बुटवलमा सुरु भएको छ । संविधान कार्यान्वयनमा संयुक्त दलित आन्दोलन, परियारहरुको एकता विकास र समृद्धिको तेस्रो सम्मेलन भन्ने नाराका साथ सम्मेलन सुरु भएको हो ।

अधिबेशनको उद्घाटन गर्दै सामन्य प्रशासन मन्त्री रेखा शर्माले परम्परागत रुपमा रहेको जातीय विभेदलाई अन्त्य गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले सभ्य समाज निर्माणमा अझै पनि जातीय विभेद हुुनु दुखद् पक्ष भएको बताउनुभयो ।

समाजका केन्द्रीय अध्यक्ष वलबहादुर सुन्दासको अध्यक्षता तथा मन्त्री शर्माको प्रमुख आतिथ्यमा भएको उद्घाटन अवसरमा पूर्व मन्त्रीहरु ऋषिवावु परियार, प्रकाशचन्द्र परियार, हरिशंकर परियार, पूर्व सभासद् विनोद पहाडि, राष्टिय दलित आयोगका अध्यक्ष मानबहादुर नेपालीले बोलेका थिए ।

बन्दसत्रले नयाँ नेतृत्व चयन गर्दै समापन हुनेछ । अधिबेशनमा ७५ वटै जिल्लाबाट झण्डै चार सय प्रतिनिध सहभागी भएका छन् ।

परियार सेवा समाज दलित समुदायभित्रको परियार जातिको सामाजिक, आर्थिक, सांस्कृतिक र शैक्षिक लगायतका विकास तथा जागरणका लागि २०५२ सालमा स्थापना भएको थियो ।