१७ कार्तिक २०८३, मंगलबार

श्रीमतीको हत्या गरेर फरार श्रीमान १० वर्षपछि पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jail Pakrau

काठमाडौं, २७ बैशाख । श्रीमतीको हत्या गरेर फरार एक पुरुषलाई प्रहरीले सोमबार १० वर्षपछि पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कर्तब्यज्यान मुद्दाका फरार प्रतिबादी काठमाडौं महानगरपालिका–१८ रक्तकाली बस्ने ५४ वर्षीय प्रताप बज्राचार्यलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले काठमाडौं रक्तकालीबाट सोमबार पक्राउ गरेको हो ।

बज्राचार्य समेत भएको कर्तब्यज्यान मुद्धामा सर्वोच्च अदालतको २०६३ साउन २९ गतेको फैसलाले २ बर्ष कैद र ५ सय जरीवाना सजाँय तोकिई कैद तथा जरीवाना बेरुजु रही फरार रहेका बज्राचार्यलाई फैसला कार्यान्वयनको सिलसिलामा पक्राउ गरिएको हो ।

प्रतिबादी बज्राचार्यले २०५३ असोज ४ गते आफ्नी पत्नी छायाँ बज्राचार्यलाई कुटपिट गरेको र सो चोटबाट छायाँको असोज १३ गते मृत्यु भएको भन्ने कर्तब्यज्यान मुद्दामा सर्वोच्च अदालतबाट उक्त सजाँय भएको थियो ।

बज्राचार्यलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाएको छ ।