काठमाडौ, २७ वैशाख । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले कमल थापासँग वार्तामा बस्न नसकिने स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै बार्ता समितिका संयोजक उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले यसअघि नै आफू मधेसमा दुई प्रदेशको पक्षमा रहेपनि आफूले त्यस्तो सहमति गर्न नसक्ने बताईसकेकोले उनीसँग बार्तामा बस्नुको औचित्य नभएको भन्दै प्रधानमन्त्री, नेपाली काग्रेसका सभापति र एमाओवादी अध्यक्ष बार्तामा बसेमात्रै आफूहरुले बार्ता गर्ने बताए ।
कर्णले राष्ट्रपतिको मर्यादा कायम राख्न आफूहरुले विरोध नगरी संसद बहिस्कार मात्रै गरेको भन्दै नीति तथा कार्यक्रमको छलफलमा आफुूहरु सहभागी नहुने स्पष्ट पारे । उनले राष्ट्रपतिले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभन्दा अघि प्रधानमन्त्रीले संसदमा सबैभन्दा लामो बोलेर अघिकांश कुरा सार्वजनिक गरेको भन्दै यो कुरा गलत भएको बताए ।
उनले सरकारको पत्रमा केही दिनमै बैठक बसेर औपचारिक रुपमा पत्रमार्फन नै जवाफ दिने जानकारी दिदै झुठा मुद्दा फिर्ता, मानवअधिकार उल्लघनको छानविन गर्न न्यायिक आयोग गठन र घाईतेहरुको उपचार गरेर बातावरण निर्माण गरेर औचित्यपूर्ण अवस्था बनाएमात्रै बार्ता गर्ने बताए ।
सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुनै नसक्ने ठोकुवा गर्दै यसलाई कुनै काममा नआउने आर्कषक हात्तिको देखाउने दातको संज्ञा दिए ।
कर्णले भने, ‘प्रदेश नै अन्तिम भएको छैन, संविधान अनुसारको संरचना खडा भईसकेको छैन । सबै सरकारको विरुद्धमा रहेको बेला स्थानीय निकायको निर्वाचनको कुरा गरिएको छ । यस्तो अवस्थामा यो कसरी कार्यान्वयन हुन सक्छ । यथास्थितिमा हामी निर्वाचन हुनै दिदैनौ । अनि कसरी कार्यान्वयन हुन्छ ?
उनले भएका विश्वविद्यालयहरुको संरचना खडा हुन नसकिरहेको अवस्थामा नयाँ विश्वविद्यालय निर्माण गर्ने कुरा कार्यान्वयन हुनै नसक्ने भन्दै मुलुकमा कायम रहेको द्धन्द समाधान नहुन्जेलसम्म केही पनि कार्यान्वयन हुन नसक्ने ठोकुवा गरे ।

प्रतिक्रिया