१७ कार्तिक २०८३, मंगलबार

६ करोडको लोपोन्मुख जडिबुटी कञ्चनपुरको ब्रम्हदेबबाट बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jadibuti

– मोहन विष्ट
महेन्द्रनगर, २६ वैशाख । हिमाली क्षेत्रमा उत्पादन हुने लोपोन्मुख प्रजाति पाँच औँले बहुमुल्य जटिबुट तस्करी हुन लागेको अवस्थामा शसस्त्र प्रहरीले बरामद गरेको छ ।

कञ्चनपुरको उत्तरी क्षेत्र भिमदत्त नगरपालिका ९ मटैनाबाट करोडौ मुल्य बराबरको लोपोन्मुख प्रजातीको ५ औले नामक जडिबुटी बरामद गरीएको हो ।

आईतबार विहान राजश्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकी र बैधनाथ बाहिनी अत्तरियाको संयुक्त गस्ती टोलीले उक्त जडिबुटी बरामद गरेको भन्सार सुरक्षा गुल्म गड्डाचौकीले जनाएको छ ।

राजश्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीका शसस्त्र प्रहरी निरिक्षक सुरेन्द्र बहादुर शाहीले गड्डाचौकी र बैधनाथ बाहिनी अत्तरियाको संयुक्त गस्ती टोलीले सो जडिबुटि सहित उक्त जटिबुटी तस्करीमा संलग्न २ बटा मोटरसाईकल बरामद गरेको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त जटिबुट नेपालमा कारोबार तथा ओसारपसार बन्द गरिएको छ ।

बिशेष सुराकीको आधारमा गस्तीमा गएको उक्त टोलीले मटैना क्षेत्रबाट गस्ती टोली देखी भाग्दै गरेका २ वटा मोटरसाइकलहरुलाई पछ्याउदा मोटरसाईकल चालकहरु म१प ३४३६ नेपाली नम्वर प्लेट र ग्ब् ण्टन्द्दढटघ भारतिय नवर प्लेटको मोटरसाईकल र जडिबुटिले भरीएका ४ वटा बोरी समेत छोडि भागेका थिए ।

उक्त बरामद जडिबुटि अन्दाजी ६ करोड करोडको हुनसक्ने शसस्त्र प्रहरीको अनुमान रहेको छ, भने जडिबुटिलाई जिल्ला बन कार्यालय कञ्चनपुरमा बुझाई थप अनुसन्धान गरिने छ ।

सीमा क्षेत्रका नागरिकहरुका अनुसार नयाँ नयाँ राजश्व तथा भन्सार सुरक्षा गुल्मका प्रमुखहरुले शुरु शुरुमा राम्रो काम गर्ने गरेका छन् ।

तस्कहरुबाट लाईन मिलाउन समेत शुरु शुरुमा यस्तो जनमुखी काम गर्ने तर, पछि लाईन आउन थालेपछि चोरी तस्करी नियन्त्रण नगर्ने प्रवृकि शसस्त्रका हाकिमहरुमा समेत लागु हुने गरेको छ । यस्तै गरि सरकारले दिएको जिम्मेबारी कुनै लोभ लालचमा नपरी गर्नुपर्ने सीमाका नागरिकहरुको भनाई छ ।