
काठमाडौं, २६ वैशाख । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सूर्यबिनायक नगरपालिका–६ स्थित शुभकामना पार्टी प्यालेस अगाडि बा.२४ प ४९९४ नम्बरको मोटरसाइकल आइतबार अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक नुवाकोट चौथे-९ बस्ने २८ वर्षीय युवराज श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई भक्तपुर अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको केन्द्रले जनाएको छ ।
दुर्घटनामा मोटसाइकल पछाडी सवार बालुवाटार बस्ने २० वर्षीय अनिल राई र चितवन फिस्लिङ-९ घर भई हाल पुतलीसडक बस्ने २१ वर्षीय विराज गुरुङ घाइते भएकोले उपचारको लागि सोही अस्पतालमा लगिएको छ ।












प्रतिक्रिया