१७ कार्तिक २०८३, मंगलबार

नक्कली पेस्तोलसहित काठमाडौंमा तीनजना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pestol-goli-prahar4काठमाडौँ, २६ वैशाख । महानगरीय प्रहरी बृत लैनचौरबाट खटिएको प्रहरी टोलीले प्लाष्टिकको नक्कली पेस्तोल सहित ३ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पक्राउ पर्नेहरुमा ललितपुर उपमहानगरपालिका–१४ पाटन बस्ने २४ बर्षीय राजिव श्रेष्ठ, काठमाडौँ महानगरपालिका–२९ ठमेल बस्ने २२ बर्षीय उदेव मनिस खाँन र गल्कोपाखा बस्ने २१ बर्षीय आयुष श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई प्रहरीले शनिबार काठमाडौँ महानगरपालिका–१६ कुमारी क्लब चोकबाट १ थान प्लाष्टिकको पेस्तोल सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।