१ कार्तिक २०८३, आइतबार

अनुको मनमा राजको कुरा चलेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

111111

काठमाडौं । गायिका रजिना रिमालको स्वर कर्णप्रिय छ । चलचित्रदेखि आधुनिक गीतसंगीतमा उनको पकड राम्रै छ । उनै रजिनाले गीतकार अनु शाह अनुराधाको शब्द र राजिभ शाहको संगीतमा समावेश ‘के के चल्छ मनमा कुरा’ बोलको गीतमा आवाज भरेकी छिन् ।

यो भिडियोमा गीतकार अनुले आफै मोडलिङ पनि गरेकी छिन् । अनन्त तिमिल्सिनाले यो गीतको भिडियो निर्देशन गरेका हुन् । पछिल्लो समयमा अनन्त म्यूजिक भिडियो निर्देशनमा सक्रिय रुपमा लागेका छन् ।

अनुको साथमा राजले भिडियोमा काम गरेका छन् । एक महिलाले एक यूवकसँगको प्रेम कल्पना गरेको बिषयलाई भिडियोमा तयार पारिएको छ । भिडियोको लोकेशन राम्रो छ । रामकुमार केसीको छायांकन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=lCCBIVk3ZXE