दाङ, २६ वैशाख । दाङ जिल्लामा यातायात व्यवसायीबीचको झगडा र द्वन्द्वले सर्वसाधारणले दुःख पाएका छन् ।
शनिबार तुलसीपुरमा भएको झडपमा राप्ती समितिका अध्यक्ष सुरेश हमालसहितका यातायात व्यवसायी घाइते भएपछि राप्ती समितिले आज जिल्लाभरि यातायात बन्द गराएको छ । यातायात बन्द हुँदा सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ ।
नेपालगञ्ज–रुकुम रुटमा सञ्चालनमा आउन लागेका मालिका कालिका यातायात प्रालिका गाडी रोक्न खाज्दा शनिबार बिहान उत्पन्न विवादपछि झडप भएको थियो । प्रहरीले चलाएको लाठीबाट समितिका अध्यक्ष हमाललगायतका यातायात व्यवसायी घाइते भएका थिए ।
शनिबार बिहानदेखि एक्कासि यातायात ठप्प भएपछि दाङको जनजिवन कष्टकर बनेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव तथा राप्ती समितिका अध्यक्ष सुरेश हमाल र अञ्चल समितिका संयोजक भरनाथ योगीलाई आक्रमण गर्ने प्रहरीलाई कारबाहीको माग समितिको छ ।












प्रतिक्रिया