१ कार्तिक २०८३, आइतबार

‘उहिले बाजेको पालामा’को माग बढ्यो, आमालाई गाडी उपहार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Uhile Baje Ko Palama Nepal Moviकाठमाडौं । कलाकार गणेश बेलवासेद्वारा निर्मित फिल्म ‘उहिले बाजेको पालामा’ले राजधानी लगायत उपत्यका बाहिरका हलहरूमा सोँचेभन्दा राम्रो संकलन गरेको छ ।

फिल्म रिलिज भएको पहिलो दिन शुक्रबार मध्यम सुरुवात गरेको ‘उहिले बाजेको पालामा’ले शनिबार पैसा राम्रो संकलन गरेको निर्माण पक्षको दाबी छ । फिल्मको ‘माउथ पब्लिसिटी’का कारण उपत्यका बाहिरका फिल्महरूले पनि ‘उहिलेको बाजेको पालामा’लाई लगाउन थालेका छन् ।

उपत्यका बाहिरका थुप्रै फिल्महरूले ‘उहिले बाजेको पालामा’लाई लगाएका छन् । दर्शकको माग भएपछि फिल्म लगाइएको हो । वैशाख २४ गतेदेखि रिलिज भएको यो फिल्म उपत्यकाका सिङ्गल हलहरूमा आफ्नो दब्दबा जमाएको छ । धेरै हल भएका स्थानमा भने केही कमजोर रहेको निर्माण पक्षले स्वीकार गरेको छ ।

फिल्ममा दिलीप रायमाझी, गणेश बेलवासे, खुश्वु खड्का, पूजा रिजाल आदिको अभिनय छ । फिल्मको निर्देशक बसन्त जीएम हुन् भने संगीतकार बिपिन आचार्य हुन् ।

यसैबीच, नायक तथा निर्माता गणेश बेलवासेले सुरुको दिन संकलन भएको फिल्मको पैसामा केही रकम थपेर आफ्नी आमालाई गाडी उपहार दिएका छन् । जापानमा रहेका उनका दाजु गोपाल बेलवासेले पनि गाडी उपहार दिँदा आधा रकम सहयोग गरेका छन् ।

Ganesh Belbase