१ कार्तिक २०८३, आइतबार

विद्यालयको कार्यक्रममा बालबालिकाको विशेष प्रस्तुति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IMG_4543काठमाडौं । सिन्धुली जिल्लाको कुशेश्वर दुम्जा–५ बालुवाटारस्थित देवीस्थान उच्च माध्यमिक विद्यालयको २८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा राष्ट्रियस्तरका कलाकार तथा विद्यालय बालबालिकाले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन् ।

कार्यक्रममा जादुगर कमल बस्नेतले मनोरञ्जनात्मक जादूकला प्रस्तुत गर्नुभएको थियो । कजादुगर कमलले बल, रुमाल गायव बनाउने, काटिएको डोरी पुन उस्तैगरी गाँस्नेलगायत जादू प्रस्तुत गर्नुृभएको थियो ।

त्यस्तै, लोकगायिका जमुना आचार्यले दोहोरी गाएर दर्शक नचाउनुभएको थियो । नवनायक रवी आचार्य र सुमित्रा भुजेलले छोटो अभिनय प्रस्तुत गर्नुभएको थियो ।

कलाकार सुरेम देसार, संचारकर्मी दीपक श्रेष्ठको समेत उपस्थिति रहेको कार्यक्रममा विद्यालय बालबालिकाले विविध जातजातिका लोक नृत्यका साथै घैलाफोरलगायत रमाइला प्रस्तुति प्रदर्शन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.विद्यानाथ कोइरालाले शैक्षिक जनशक्ति विकास केन्द्र सानोठिमीका उपनिर्देशक यमबहादुर खड्का, शैक्षिक तालिम केन्द्र धनुषाका बरिष्ठ प्रशिक्षक चन्द्रप्रसाद लुइटेललाई सम्मान प्रदान गर्नुभयो ।

सोही अवसरमा प्रा.डा. विद्यानाथ कोइरालाले विद्यालयको वार्षिक परीक्षामा प्रथम र द्वितीय स्थान प्राप्त गर्ने छात्राद्वय रोशनी घिसिङ र सविना पौडेललाई मिनबहादुर श्रेष्ठ स्मृति छात्राबृत्ति प्रदान गर्नुभयो ।

सोही अवसरमा सिन्धुलीका जिल्ला शिक्षा अधिकारी बद्री पाठकले नवनिर्मित भवनको उद्घाटन गर्नुभएको थियो । व्यवस्थापन समितिका अध्यक्ष शिव नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षासेवी कौशल कोइरालाले अतिथि तथा कलाकारहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।IMG_1248