३१ आश्विन २०८३, शनिबार

पाकिस्तानी ड्राइभरका छोरा बने लन्डनको पहिलो मुस्लिम मेयर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sadiq Khan-London

लन्डन, २५ वैशाख । लन्डनको नयाँ नगरप्रमुख (मेयर)मा पहिलो मुस्लिम उम्मेदवार सादिक खान विजयी भएका छन् ।

बेलायतको राजधानी लन्डनमा उनी पहिलो पटक मुस्लिम समुदायको नागरिकको रुपमा यो पदमा विजयी भएको बताइएको छ । शनिबार बिहान सार्वजनिक भएको स्थानीय निर्वाचनको परिणाममा यो जानकारी दिइएको छ ।

उनी बेलायतको लेबर पार्टीका राजनीतिज्ञ थिए । सोही पार्टीका तर्फबाट उनले उक्त पदका लागि उम्मेदवारी दिएको थियो ।

उनलाई हालैका समयमा युरोपेली क्षेत्रमा भड्किएको मुस्लिम विरोधी भावनासँग जोडेर प्रचार गरिएको थियो

पाकिस्तानमा खुसियाली

लन्डनको नयाँ नगरप्रमुख (मेयर)मा पहिलो मुस्लिम उम्मेदवार विजयी हुन सफल सादिक खानको विजयप्रति पाकिस्तानमा खुसियाली छ ।

शनिबार पाकिस्तानी सहर इस्लामावादमा सादिकका पक्षमा नाराबाजी गरिएको छ । त्यस्तै सामाजिक सञ्जालमा पनि उनलाई बधाई ज्ञापन गरिएको छ । पाकिस्तानी नागरिक एकजना सवारी चालकका छोरा रहेका सादिकको परिवार नै सन् १९६० मा पाकिस्तानमा बसाईं सरेका थिए ।

उनको विजयपछि पाकिस्तान पिपुल्स पार्टीका नेता बिलावल भुट्टोले आफ्नो ट्वीटर अकाउन्टमार्फत बधाई ज्ञापन गरेको छ ।

पाकिस्तानबाट प्राप्त समाचारहरुका अनुसार राजधानी इस्लामावाददेखि विभिन्न सहरमा उनको विजयप्रति खुसियाली मनाइएको बताइएको छ । रासस/सिन्ह्वा