१७ कार्तिक २०८३, मंगलबार

समृद्ध समाजको लागि समाजशास्त्रको ज्ञान जरुरी (फोटो फिचर)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Umeshchndra-Rijal (4)

– नरेश केसी
भैरहवा, २५ वैशाख । समृद्ध र शान्त समाज निर्माणको लागि सबैले समाजशास्त्र मानबशास्त्रको अध्ययन गर्नु जरुरी रहेको विज्ञहरुले बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय भैरहवा बहुमुखी क्याम्पस जनसंख्या, समाजशास्त्र मानवशास्त्र विभागले शनिबार भैरहवा बहुमुखी क्याम्पसमा आयोजना गरेको सहप्राध्यापक उमेशचन्द्र रिजालको सम्मान तथा विदाइ कार्यक्रमका अतिथीहरुले सो कुरामा जोड दिएका हुन् ।

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी क्याम्पस प्रमुख सहप्राध्यापक डा. घनश्याम न्यौपानेले समाजलाई चिन्न र सहि मार्गनिर्देश गर्नकोलागी पनि समाजशास्त्र मानवशास्त्रको अध्ययन जरुरी रहेको बताए । डा. न्यौपानले स्पष्ट वक्ता र भुगोलका विद्यार्थि भएर पनि समाजशास्त्रका ज्ञान भएका सहप्राध्यापक रिजालको त्रि.विको नियम अनुसार विदाई गर्नुपर्दा दुखः लागेको भएतापनि उहांको अनुभवलाई अब समाजले लिने अवसर आएको बताए ।

Umeshchndra-Rijal (5)

कार्यक्रमका विशिष्ट अतिथि सम्मानित व्यक्तित्व सहप्राध्यापक उमेशचन्द्र रिजालले मुलुकको हरेक ठाऊमा राजीनित खिचातानीले विगारेको संकेत गर्दै समाज र देश बनाउने हो भने सबैभन्दा पहिले समाजशास्त्र, मानवशास्त्र, भुगोल, जनसंख्या र संस्कृतिको ज्ञान लिनु जरुरी रहेको बताए ।

करिब ४ दशक त्रिभुवन विश्वविद्यालयमा सेवारत रहदा आफु नेपाली समाज रुपान्तरणका धेरै आन्दोलमा प्रत्यक्ष सहभागी भएको जनाउदैं वि.पी कोइरालासंग पारिवारी सम्बन्ध हुदाहुदैं पनि आफु कह्ल्यिै कांग्रेसवाद बोकेर प्राज्ञिक थलोमा नहिडेको दाबी गरे ।

जनसंख्या, भुगोल, समाजशास्त्र मानबशास्त्र विभागका पुर्व अध्यक्ष समेत रहेका रिजालले विश्वविद्यालयलाई अनुसन्धान र प्राज्ञिक थलोको रुपमै राख्नुपर्ने जिकिर गर्दै राजनितीक दबाबको भरमा विश्वविद्यालयमा तलमाथी पार्न खोजिएकै कारण नेपालबाट वर्षेनी स्कलर्सहरु विदेशीएको पनि बताए । आफ्ना ४ दशक लामो त्रि.वि सेवाको अनुभव सुनाउदैं सहप्राध्यापक रिजालले समुहगत कामले नै सफलता पाइने समेत बताए ।

Umeshchndra-Rijal (6)

उक्त कार्यक्रममा सहायक क्याम्पस प्रमुख केशबलाल श्रेष्ठले विश्वमा अब्बल विषयको रुपमा स्थापीत भइरहेको समाजशास्त्र मानबशास्त्रको अध्ययनमा पछिल्लो पुस्तालाई आकर्षण गर्न विभिन्न कार्यक्रम गरिनुपर्ने बताए । श्रेष्ठले सहप्राध्यापक रिजाल जस्ता प्राज्ञिक व्यक्तित्वलाई रेफेन्सको रुपमा लिएर अगाडी बढेमा नेपाली समाजको समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे । संस्कृति विद् चन्द्रप्रसाद रेग्मीले स्नातक तह सम्म समाजशास्त्रका विद्यार्थि धेरै हुने गरेको भएतापनि शोध अनुसन्धान गर्ने स्नाकोत्तर तहमा विद्याथिं संख्या घटकोप्रति चिन्ता व्यक्त गर्दै विभागले यस तर्फ ध्यान दिनुपर्ने बताए ।

विभागका अध्यक्ष लक्ष्मण तिमिल्सीनाले आजको समयमा समाजशास्त्र मानबशास्त्र विश्वकै नम्बर एक विषयको रुपमा स्थापीत भएतापनि मोफसलमा यसको प्रचारप्रसारको कमीले गर्दा विद्यार्थि संख्या घटेको तर्क गरे ।

Umeshchndra-Rijal (1)

त्रि.वि प्राध्यापक संघ इकाइ समिती सभापति कुलप्रसाद खनालले अब्बल विद्यार्थिहरु विदेशीरहेको प्रति चिन्ता व्यक्त गर्दै ब्रेन ड्रेन नरोके मुलुकले ठूलो क्षति व्योहर्नुपर्ने बताए । समाजशास्त्रका लेक्चरर बसन्त जोसीले विश्वविद्यालय तह मात्रै नभई विद्यालय तहमा पनि समाजशास्त्रको अध्ययन अध्यापन जरुरी रहेको तर्क गरे । जनसंख्या विषयका लेक्चरर तथा भैरहवा बहुमुखी क्याम्पस विद्यार्थि कल्याण प्रमुख केशब शर्मा बेलबासेले बढ्दो जनसंख्या र आधुनिकीकरणलाई गहन ढंगले विश्लेषण गर्नकोलागी पनि समाजशास्त्रको अध्ययन जरुरी रहेको बताए ।

सोही अवसरमा समाजशास्त्रीय मानबशास्त्रीय विद्यार्थि समाज (सास)का संस्थापक अध्यक्ष प्रकाश पाण्डेले समाजको राम्ररी बुझ्न र योजनाबद्ध विकासकोलागी पनि समाजशास्त्रको अध्ययन आवश्यक रहेको तर्क गरे । सासका वर्तमान अध्यक्ष प्रख्यात बन्जाडेले समाजशास्त्र मानबशास्त्रको औपचारिक वा अनौपचारीक अध्ययन नगरेसम्म मानिस सामाजिक रुपान्तरणमा लाग्नै नसक्ने बताए ।

विभागका सदस्य विमला पोखरेलको सन्चालन, श्रीबहादुर रायमाझीको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा सहप्राध्यापक रिजालले भैरहवा बहुमुखी क्याम्पसको प्राज्ञिकक उनन्यनमा पुराएको योगदानको उच्च कदर गर्दै सम्मानपत्र, दोसल्ला र मालाले सम्मान गरिएको थियो । सो अवसरमा त्रि.वि कर्मचारी संघका अध्यक्ष होम गुरुंग, सासका संस्थापक सचिव नरेश के.सी, सहायक क्याम्पस प्रमुख बाबुराम काफ्ले, डिल्लीराज भट्टराई, स्ववियु भुपु उपासभापति उमेश थापामगर, शान्तिदेवी अधिकारी, मधु ढकाल, भारती गुरुंग, मधु थापा, पुर्ण कवंर, भारतीय जनता पार्टिका दन्तेवाडा जिल्ला उपाध्यक्ष महेन्द्र प्रसाद अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

को हुन रिजाल ?

Umeshchndra-Rijal (3)

२०१५ सालमा बुबा गणेश प्रसाद रिजाल सांसदमा निर्वाचित हुंदा बाल्यवस्था थिए उमेशचन्द्र रिजाल । पछि उमेरसंगै ठूलो हुदां नेपाली कांग्रेसको राजनितीक घरानामा हुर्किदा उनी प्रजातान्त्रीक आन्दोलनलाई मात्रै होइन, ०१७ सालको महेन्द्रको कू, ०३६ सालको विद्यार्थि आन्दोलन र ०४६ साल, ०५२ साल, ०६२ सालका नेपाली आन्दोलनलाई नजिकैबाट नियाले ।

वि.पी कोइरालाका सहयात्री भएर नेपाली कांग्रेसको राजनितीमा होमिएका स्वर्गिय गणेश प्रसाद रिजाल र कमलादेवी रिजालको सुपुत्रको रुपमा विक्रम सम्बत २००९ सालमा पांचथरमा जन्मिएका हुन् । जिवनको उकाली ओराली पार गदै त्रिभुवन विश्वविद्यायमा ३४ वर्ष सेवागरी भर्खरै सेवानिवृत भएका छन् ।

Umeshchndra-Rijal (2)

आमा र बुबा दुबै जना राजनितीमा क्रियासील भएको कारण राजनितीलाई नजिकैबाट नियालेका उनी विद्यार्थिकालमा राजनितीमा समेत सक्रिय थिए । तर पछि २००३७ सालमा त्रिभुवन विश्वविद्यालयको सेवा प्रवेश गरेसंगै उनी राजनिती भन्दा प्राज्ञिक क्षेत्रमा बढी केन्द्रिकृत भए ।

२०३७ सालमा भूगोलमा एम.ए र सार्वजनिक प्रशासन र बाणिज्यमा स्नातक गरेका रिजाल सोही सालमै त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा सेवा शुरु गरेका हुन् । तत्कालिन समयमा धिरेन्द्र श्रेष्ठ क्याम्पस प्रमुख थिए । ०५१ सालमा उपप्राध्यापक भएका थिए । पछि सेवाको क्रममा धनकुटा बहुमुखी क्याम्पस (८ वर्ष) पाटन बहुमुखी (डेढ वर्ष) क्याम्पसमा समेत प्राध्यापन गरेका रिजाल ०६० सालमा तत्कालिन क्यामपस प्रमुख प्रसादमणी आचर्य दिक्षीतको पहलमा भैरहवा बहुमुखी क्याम्पसमा आएका हुन् । भुगोलका विद्यार्थि भएर पनि समाजशास्त्र र जनसंख्यामा ज्ञान भएका रिजाल भैरहवा बहुमुखी क्याम्पस जनसंख्या, भुगोल, समाजशास्त्र मानबशास्त्र विभागका प्रमुख भएर धेरै लामो समय काम गरे । पत्रपत्रिकामा व्यंग्यात्मक राजनितीक लेख लेखिेर सधैं चर्चामा आइरहने उनी गद्य कविताका शसक्त हस्ताक्षर समेत हुन् ।

Umeshchndra-Rijal (7)

आफुले काम गर्ने संस्थाको प्रमुख जुनसुकै विचार र बादको भएतापनि संस्थाको हितकोलागी प्रमुखलाई दिलो ज्यानले सघाउनु पर्छ भनी लाग्ने व्यक्ति भएकै कारण रिजालले तीखो आलोचना समेत खेप्नु परेको अनुभव सुनाउछन् । प्रसादमणी दिक्षीत, डा. कपिल लामिछाने र डा. घनश्याम न्यौपाने जस्ता १३ जना क्याम्पस प्रमुखसंग सहकार्यगरी काम गरेका रिजाल आफुले काम गर्ने स्वतन्त्र संस्थामा कहिल्यै राजनिती छिर्न नदिएको दाबी गर्दछन् । प्राध्यापक संघको इकाइ सभापति समेत भएका रिजालको परिवारबाट अहिले बहिनी शान्ता रिजाल नेपाली कांग्रेसको केन्द्रिय राजनितीमा कृयासील छन् ।