१ कार्तिक २०८३, आइतबार

कसको माया जालमा परिन् सम्पदा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sampda

काठमाडौं । लोकदोहोरी तथा आधुनिक गायिका गीता भट्टराईले ‘माया जालमा परे’ बोलको नयाँ गीत सार्बजनिक गरेकी छिन् ।

तीन बर्ष अघि ‘जोवन ढल्कियो’ नामक एल्बम सार्बजनिक गरेकी गायिका भट्टराई पछिल्लो समय सांगीतिक क्षेत्रमा चर्चामा छिन् ।

उनले तीन बर्ष पछि नयाँ गीत केहि समय अघि मात्रै सार्बजनिक गरे पछि उनको चर्चा चुलिएको हो । उनले गत महिना मात्रै सार्बजनिक गरेको ‘भुल्नै गाह्रो भो’ बोलको आधुनिक गीतको म्युजिक भिडियो पछि अहिले उनले नयाँ लोकदोहोरी गीत सार्बजनिक गरेकी हुन् ।

हालै सार्बजनिक गीतमा गायिका भट्टराईलाई खुमन अधिकारीले गायनमा साथ दिएका छन् । बाबुराम बोहराको शब्द र खुमन अधिकारीको संगीत रहेको भिडियोलाई शंकर बिसिले निर्देशन गरेका हुन् । सार्बजनिक भिडियोमा मोडल सम्पदा बाँनिया र बाबुराम बोहराले अभिनय गरेका छन् । भिडियोमा यि दुईले अनस्क्रिन रोमान्स समेत गरेका छन् ।

गायिका भट्टराई अहिले रिमिक्स शैलीको ‘परे ओ परे’, लोकपप शैलीको ‘युएस लण्डनमा’ र आधुनिक बिधाको ‘माया मारी चटक्कै’ बोलको गीतको रेकर्डिङ सकेर म्युजिक भिडियो निर्माणको तयारीमा रहेको गायिका भट्टराईले बताईन् । ब्यबसायका कारण गायनमा केहि समय ग्याप गरेको बताउदै अब निरन्तर रुपमा गायनमा सक्रिय हुने उनले दाबी गरेकी छिन् ।