
दाङ, २५ वैशाख । दाङ जिल्लाको बेलभारमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
घोराही नगरपालिका– ४ बेलभारमा शुक्रबार राति ११ बजे रा १ त २१४१ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक घोराही नगरपालिका ३ बस्ने ३५ वर्षीय बहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते चौधरीलाई तत्काल उपचारका लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा लगिएको थियो । उनको सोही अस्पतालमा मृत्यु भएको हो ।
उता, काठमाडौंको बौद्धस्थित ह्यात होटेलको गेट अगाडि आज बिहान साढे ४ बजे बा २ ख १४० नम्बरको पानी बोक्ने ट्याङकरको ठक्करबाट पैदलयात्रीलाई ठक्कर दिएको छ ।
मकवानपुर हर्नामाडी– ८ घर भई हाल जोरपाटी बस्ने ४० वर्षीय श्रीकृष्ण श्रेष्ठ घाइते भएका छन् । घाइतेको शिक्षण अस्पताल महाराजगंजमा उपचार भैरहेको छ । दुर्घटनामा संलग्न सवारी साधनसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।












प्रतिक्रिया