लन्डन, २५ वैशाख । विश्वका चर्चित आतंकवादी ओसामा बिन लादेनको परिवारले चलाएको कम्पनी चरम आर्थिक संकटबाट गुज्रिरहेको छ ।
उनको परिवारले चलाएको कन्स्ट्रक्शन कम्पनीलाई करीब ३० बिलियन डलर ऋण लागेको छ । कम्पनी ऋणमा डुबेपछि त्यहा कार्यरत कर्मचारीहरुले मासिक रुपमा पाउने तलबका साथै अन्य सुबिधा पनि नपाएपछि उनीहरु सडक आन्दोलनमा उत्रिएका छन् । कम्पनीमा काम गरिरहेका कर्मचारी दिनदिनै हिंस्रक हुँदै गइरहेका छन् ।
पछिल्लो दिन मकका शहरमा भइरहेको प्रदर्शनमा ७ जना मानिसले बसमा आगो लगाइ दिएका थिए । बिन लादेन समूहको स्थापना ओसामा बिन लादेनको पिताले स्थापना गरेका थिए ।
यसमा कुल गरेर १ लाख ५० हजार भन्दा बढी मानिसहरु काम गर्दथे । तर अब कम्पनीमा ७० हजारभन्दा बढी कर्मचारी निकाल्ने निर्णय गरेका थिए ।
यसका साथै कम्पनीमा साउदी अरबमा १० हजारभन्दा बढी मानिस काम गर्दथे । त्यसमा विदेशबाट आएका मानिसहरु पनि सामेल थिए । कम्पनीविरुद्ध प्रदर्शन सुरु भएपछि ६ हजार ७ सय २० करोड रुपैँया भन्दा बढी भुक्तानी गर्न दबाब दिइएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार साउदी सरकारले फुटबल स्टेडियम तथा उच्चगतिको रेललाइन जस्तै ठूलो कन्स्ट्रक्शन प्रोजेक्ट्सममा रोक लगाइदिएको छ ।
साउदी बिन लादेन समूहले साउदी अरबको दोस्रो ठूलो शहर जेद्दामा एउटा भव्य अनि विश्वकै अग्लो बिल्डिङ बनाइरहेका थिए । – एजेन्सी















प्रतिक्रिया