हङकङ । स्व. गायिका अरुणा लामाको सम्झना गर्दै हङकङमा विविध साँस्कृतिक कार्यक्रम, चित्रकला प्रदर्शनी, गायिका अरुणा लामाबारे वृत्तचित्रको लोकार्पण र टाँकी पुस्तक विमोचना गर्दै नेपाली विद्यार्थी साँझ सम्पन्न भएको छ ।
कार्यक्रमका संयोजक एकराज राईले नेपाली विद्यार्थीको व्यक्तित्व र प्रतिभा विकासका लागि र नेपाली भाषा, कला, साहित्य र संस्कृतिकप्रति आकर्षण बढाउन गत पाँच वर्षदेखि नेपाली विद्यार्थी साँझ आयोजना गदै आएको बताए ।
हङकङमा विभिन्न विद्यालयहरुमा नेपाली पाठ्यपुस्तक समाविष्ट हुनु पर्छ भन्दै अभियान छेड्दै आएका राईले नेपाली विद्यार्थीहरुलाई सहभागी गराउंदै थुप्रै सृजनात्मक कामहरु गर्दै आइरहेका छन् ।
वरिष्ठ गायक तथा संगीतकार दिनेश सुब्बाले कार्यक्रममा बोल्दै गायिका अरुणा लामाबारे छोटकरीमा चर्चा गरेका थिए ।
सगरमाथा किन्डरगार्टेनकी प्रिन्सिपल कमला राईद्वारा अरुणा लामासम्बन्धी वृत्तचित्रको लोकार्पण गरिएको थियो ।
वर्षेनि प्रकाशित हुंदै आएको नयाँ संस्करण टाँकीको विमोचनसमेत गरिएको थियो । टाँकीमा नेपाली विद्यार्थी तथा हङकङेली साहित्यकारहरुका लेख रचनाहरु प्रकाशित हुने गर्छ ।
नेपाली विद्यार्थीसहित चिनीयाँ र अल्पसंख्यक जातिका विद्यार्थीहरुले पनि नृत्य, गीतसंगीतलगायत आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए ।















प्रतिक्रिया