धन्यवाद प्रचण्ड ज्यू बल्ल होसमा आउनुभयो ।
दलालको घमण्डलाई ठिकाना लाउनुभयो ।।
उखान–टुक्का गर्न छोडि काम गरेर देखाउ ।
कम्रेड ओली ज्यूले अन्तिम मौका पाउनुभयो ।।
खै के भन्नु देउबालाई गद्दार या राष्ट्रघाति
उपचारको बहानामा दिल्लीमा धाउनुभयो
पाँच महिना लगाएको नाकाबन्दी बिर्सिएर
हेर्नुहोस् नेता ज्यूले उस्कै गुणगान गाउनुभयो
मधेशबादी गद्दार नेता बन्द हडतालमै ब्यस्त ।
जनतालाई सताएर के उपहार पाउनु भयो ?
बैकल्पिक शेर….
सिधासादा जनतालाई उल्लु बनाई बन्द गर्दै
मधेशबादी नेताहरु के के ज्ञान साउनु भयो ?
मान बहादुर केसी (मुस्कान देउडाप्रेमी)
मंगल्सैन ४ अछाम, हाल फुजैराह यूएई ।
















प्रतिक्रिया