पर्सा, २४ बैशाख । प्रहरीले हतियारसहित एक पुरुषलाई पर्सामा पक्रेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार वीरगञ्ज उपमहानगरपालिका–२४ परवानीपुर बस्ने रामशंकर ठाकुरलाई उनको सोही ठाउँस्थित बिश्वकर्मा टायर पसलको युनाईटेड टायर लेखिएको बोर्डको चेपमा प्लाष्टिकले बेरिएको अवस्थामा राखेको कटुवा पेस्तोलसहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया