काठमाडौं । सिड्नीमा बस्दै आउनु भएका जितेन्द्र मल्लको शब्दमा रहेको गीत ‘आमा’को लिरिकल भिडियो रिलिज भएको छ ।
मातातीर्थ औशी ‘आमाको मुख हेर्ने दिन’को अवसरमा गायक शान्तिम कोइरालाको आवाज र कल्याण सिंहको संगीतमा सजिएको उक्त गीतले सहजै मन छुन्छ र भावुक बनाउँछ ।
गीतका केही हरफहरुः
‘मन जलाई, सगरमा गयौ बिलाई ।
भन मलाई, कहाँ खोजौ अब तिमीलाई ।
आमा….
दुखें धेरै, नसताऊ, मलाई छोडी अन्त नजाउ ।
चर्क्यो घाऊ, फर्की आऊ, ममताको मल्हम लगाउ ।।
लर्खराउँदा कदम मेरा, हात दियौ हिंड्न सिकें ।
बाधा आउँदा हरेक मोडमा, आँट दियौ भिड्न सिकें
यात्रा मेरो अधुरै छ, कसले देला साथ अब ।
ठेश लागि लड्न लाग्दा, कसले देला हात अब ।
आशुँको यो, सागर मा दियौ डुबाई,
भन मलाई, कहाँ खोजौ अब तिमीलाई ।
आमा …
प्रबासमा बसेर पनि आफ्नो भाषा तथा साहित्यलाई निरन्तरता दिदै आएका मल्लद्वारा लिखित गजल ‘के भयो र एउटा साथ छुट्यो छुट्न दिएँ
मन भन्नु सिसा न हो फुट्यो फुट्न दिएँ’ र गीत ‘कल्पनामा आँफै भित्र मात्तिएकी फूल तिमी’ भन्ने गीत यूट्यूबमा सुन्न सकिन्छ ।
मल्लका संयुक्त गजल संग्रह ‘चार प्रहर’ २०६९ र संयुक्त कविता संग्रह ‘अन्जुलिमा अभियन्ता’ २०६३ प्रकाशित भईसकेका छन् ।
















प्रतिक्रिया