१७ कार्तिक २०८३, मंगलबार

राष्ट्रिय पत्रकारिता दिवसः पाँचथरका पत्रकार ओझा सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Krishna-Ojaha-Pachthar

पाँचथर, २४ वैशाख । प्रथम राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा पत्रकार महासंघ शाखा पाँचथरका पूर्व सभापति कृष्ण ओझालाई सम्मान गरिएको छ ।

मूल आयोजक समितिका संयोजक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेको अध्यक्षतामा शुक्रबार पत्रकार ओझालाई सम्मान गरिएको हो ।

ओझाले दुई दशक लामो समयदेखि पत्रकारिताको संस्थागत विकास, प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता, मानवअधिकारको पक्षमा निरन्तर लागि पर्दै विभिन्न सञ्चारमाध्यममा क्रियाशिल रहेर पत्रकारितालाई व्यवस्थित, व्यवसायिक बनाउँदै जिल्लाको पहिचान र बिकासका लागी पुर्याएको योगदानको उच्च मूल्याकङ गर्दै सम्मान गरिएको हो ।

कार्यक्रममा ओझालाई प्रमुख जिल्ला अधिकारी घिमिरेले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा पत्रकार महासंघका सचिव गिरिराज बाँस्कोटाले पत्रकारिताको बिकास र चुनौतिसहित सटिक कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शुभकामना दिँदै पत्रकार महासंघका पूर्व अध्यक्ष तथा मेची पोष्ट दैनिकका प्रकाशक लेखनाथ खतिवडाले पत्रिकाको प्रभावकारिताबारे बिचार ब्यक्त गेका थिए ।

गैसस महासंघका अध्यक्ष बालकृष्ण ओझाले पत्रकार आचारसहिंचा पलना गरिनपर्ने विचार ब्यक्त गरे । दल मध्येबाट राप्रपा जिल्ला अध्यक्ष मानदेव केरुङले पाँचथरको पत्रकारिताको दर्ता र बिकास र प्रभावबारे बिश्लेषणसहित बिचार ब्यक्त गरे ।

कार्यालय प्रमुख तर्फबाट स्थानीय बिकास अधिकारी कोमल प्रसाद धमलाले पत्रकारितामा प्रोफेसनल बन्नुपर्ने र सबै बिषयमा दख्खल बन्नुपर्ने बिचार ब्यक्त गरे ।

सम्मानीत संचारकर्मी कृष्ण ओझाले पत्रकार महासंघको भवनको आवश्यकता पूर्ति गर्नका लागि सरोकारवाला निकायहरुलाई ध्यान दिन र सहयोग गर्न आग्रह गरे ।

मूलसमारोह समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी घिमिरेले सरकारी तवरबाट दिवस मनाउने परीपत्रअनुसार पाँचथरदेखि राष्ट्रिय पत्रकारिता दिवस मनाउन सुरुवात गरिएको बताए । दिवसको अवसरमा बोल्दै घिमिरेले केहि पत्रकारले नकारात्मक सोचबाट कलम चलाएको गुनासो गर्दै स्वच्छ र निष्पक्ष कलम चलाउन आग्रह गरे ।