१७ कार्तिक २०८३, मंगलबार

कञ्चनपुरमा होटल कामदारका हत्यारा खोज्न प्रहरीको कुकुर टोली खटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Salyan-KuKur-Police
फाइल तस्वीर

महेन्द्रनगर, २४ बैशाख । कञ्चनपुरमा विहीबार राति भएको होटल कामदार हत्या घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीका कुकुर परिचालन गरिएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार घटनामा संलग्न व्यक्तिहरुको पहिचान गर्न मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय कुकुर बिद्यालय नेपालगञ्जबाट कुकुरसहितको टोली घटनास्थलमा खटिएको हो ।

कञ्चनपुरको भिमदत्त नगरपालिका–४ स्थित संगम होटलमा काम गरी बस्ने बेतकोट नगरपालिका–१० घर भएका ४५ वर्षीय खुईले बिष्ट र बाजुरा घर भएका २२ बर्षीय भिम रोकाय होटेलको कोठाभित्र विहीबार राति धारिलो हतियार प्रहारबाट हत्या भएको थियो ।

घटनामा भिमदत्त नगरपालिका–४ बस्ने ४२ बर्षीय पदमराज जोशी गम्भीर घाइते भएको अवस्थामा फेला परेका थिए । घाइते जोशीलाई उपचारको लागी महाकाली अंचल अस्पतालबाट थप उपचार लागी मेडीकल कलेज कोहलपुरमा लगिएको केन्द्रले जनाएको छ ।

यसअघि मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय कुकुर बिद्यालय नेपालगञ्जबाट खटिएको भुन्टी नामको कुकुरले सल्यानमा एकै घरका चार जनाको हत्या घटनामा संलग्नलाई पत्ता लगाएको थियो ।