भक्तपुर, २४ बैशाख । गाँजा सेवन गर्ने ७ जनालाई प्रहरीले भक्तपुरबाट नियन्त्रणमा लिएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार अस्थाई प्रहरी पोष्ट आशापुरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले सुर्यबिनायक नगरपालिका–७ नैचालमा लागू औषध गाँजा सेवन गरीरहेका कमलबिनायक बस्ने २५ वर्षीय विकाश तामाङ र आशापुरी बस्ने ४६ वर्षीया ठुलीमाया तामाङ सहित ७ जनालाई विहीबार २ किलो लागू औषध गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया