१७ कार्तिक २०८३, मंगलबार

पत्रकारको तलब ह्वात्तै बढ्यो, अब न्यूनतम १९ हजार ५०० पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

FNJ-Nepal-patrakar-mahasangh

काठमाडौं, २३ वैशाख । सरकारले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ ।

विहीबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय मिडियाका श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक रु १९ हजार ५०० बनाउने निर्णय गरेको उद्योगमन्त्री सोम पाण्डेयले जानकारी दिए ।

यसअघि पत्रकारको न्यूनतम पारिश्रमिक १० हजार ५ सय थियो । नेपाल पत्रकार महासंघ र न्यूनतम पारिश्रमिक निर्धारण समितिको पहलमा आपैचारिक रुपमै एकैपटक ९ हजारले नेपाली पत्रकाहरुको तलब बढेको हो ।

त्यस्तै न्यूनतम पारिश्रमिकका रुपमा राष्ट्रिय मिडियाका श्रमजीवी कर्मचारीको रु १४ हजार ४००, सञ्चार प्रतिष्ठानका श्रमजीवी पत्रकारको रु १४ हजार १०० र आमसञ्चार प्रतिष्ठानका श्रमजीवी कामदार कर्मचारीको रु १२ हजार ५०० निर्धारण गरिएको छ ।