१७ कार्तिक २०८३, मंगलबार

भालुको आक्रमणबाट बालिका घाईते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bear-Bhalu– झलक पाली
डोटी, २३ वैशाख । डोटीको गाँजरी गाविसमा भालुको आक्रमणबाट एक बालिका घाईते भएकी छिन् ।

भालुको आक्रमणबाट गाँजरी ६ बस्ने गणेश थापाकी छोरी वर्ष १२ की डम्मरी थापा घाईते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

विद्यालयबाट घर फर्कने क्रममा स्थानीय खलीझाड भन्ने ठाउँमा थापालाई भालुले आक्रमण गरि घाईते बनाएको बताईएको छ ।

भालुले कोतरेर शरीरभरी घाउ भएकी थापाको जिल्ला अस्पताल डोटीमा औषधोपचार भईरहेको पनि प्रहरीले जनाएको छ ।