
काठमाडौं, २३ वैशाख । नेपाल पर्यटन बोर्डमा ह्यासट्याग फोटो नेपालको चौथो संस्करणको फोटो प्रदर्शनी बिहिबारबाट सुरु भएको छ ।
नेपाल पर्यटन बोर्ड र फोटोपत्रकार क्लब, नेपालको संयुक्त पहलमा सुरु भएको फोटो प्रदर्शनीको उद्घाटन सामाजिक उद्यमी अनिल चित्रकारले गरेका हुन् । फोटोपत्रकार क्लबले ०६९ र ०७१ सालमा आयोजना गरेको नेपाल फोटो कन्टेस्टको टुरिजम बिधामा छानिएका तस्बिरहरु समेत प्रदर्शनीमा राखिएको छ ।

नेपालभित्र खिचिएका पर्यटन झल्काउने बिभिन्न तस्बिरहरु महत्वपूर्ण रहेको बताउँदै प्रमुख अतिथी चित्रकारले मेहनत साथ खिचिएका यस्ता तस्बिरको मुल्य कम भएको र यसलाई ब्यबशायीक रुपमा बिक्री गर्न पहल गर्नुपर्ने बिचार ब्यक्त गरे । उनले धेरै जसो ब्यक्तिहरुले फोटो डाउनलोड गर्ने गरेको बताउँदै अबदेखि अपलोड गर्ने बानी बसाल्दै नेपाली पर्यटन क्षेत्रलाई बिश्वब्यापीकरण गर्न आग्रह गरे ।

नेपाल पर्यटन बोर्डका सिइयो दिपक राज जोशीले फोटोपत्रकार क्लब सँग सहकार्य गरि ह्यास ट्याग फोटोनेपालको चौथो संस्करण गर्न पाएको खुशी ब्यक्त गर्दै सहकार्यलाई दिगो बनाउने बताए ।
बिहीबारबाट सुरु भएको फोटो प्रदर्शनी शनिबार सम्म चल्नेछ । पर्यटनलाई माया गर्ने सम्पूर्णलाई निशुल्क प्रबेश गरि फोटोप्रदर्शनीको फाइदा उठाउन फोटोपत्रकार क्लब र नेपाल पर्यटन बोर्ड आग्रह गर्दछ । शनिबार अन्ति दिन फिल्म प्रदर्शनीको पनि ब्यबस्था गरिएको छ ।












प्रतिक्रिया