३१ आश्विन २०८३, शनिबार

शुक्रबारदेखि भीड्दै ‘उहिले बाजेको पालामा’ र ‘रोल्पा रोग’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Uhile Baje ko palamaकाठमाडौं । शुक्रबार वैशाख २४ गते दुई वटा फिल्म ‘उहिले बाजेको पालामा’ र ‘रोल्पा रोग’ भीड्दैछन् । ‘उहिले बाजेको पालामा’लाई कलाकार गणेश बेलवासेले बनाएका हुन् भने ‘रोल्पा रोग’ दीपक ओलीको फिल्म हो ।

संयोग मान्नुपर्छ बेलवासे र ओली एउटै जिल्लाका हुन् । दुबैको फिल्म अल नेपाल रिलिज हुँदैछन् । फिल्म राम्रो रहेको दुबै पक्षको भनाइ छ ।

‘उहिले बाजेको पालामा’को कथावस्तु ६० वर्षअघिको नेपाली रहनसहन र परम्परालाई समेटेर निर्माण गरिएको फिल्म हो । ‘रोल्पा रोग’ माओवादी द्वन्द्वका बेलाका पीडित तीन युवाको कथा समेटिएको छ ।

‘उहिले बाजेको पालामा’का कलाकार दिलिप रायमाझी, गणेश बेलवासे, खुश्वु खड्का आदिको अभिनय छ । फिल्मका निर्देशक बसन्त जीएम हुन् ।

Rolpa Rog Nepali Movi‘रोल्पा रोग’मा जनक घर्ती मगर, कुलदीप अधिकारी, विनु खड्का आदिको अभिनय छ । यो फिल्मलाई दीपक ओलीले निमार्ण एवम् निर्देशन गरेका हुन् ।