३१ आश्विन २०८३, शनिबार

छत्तीसगढ बस दुर्घटनामा १३ को मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indian Chhattisgadनयाँदिल्ली, २३ वैशाख । भारतको छत्तीसगढमा बस दुर्घटना हुँदा १३ जनको मृत्यु भएको छ । बलरामपुर–रामानुजंगल जिल्लामा भएको दुर्घटनामा कयौं यात्री घाइते भएका छन् ।

प्रहरीले दुर्घटनामा मृतकको संख्या वृद्धि हुनसक्ने जनाएको छ । छत्तीसगढको राजधानी रायपुरको लागि छुटेको बस राति साढे १० बजे दुर्घटनामा परेको थियो ।

तिव्र गतिमा भएका कारण सन्तुलन गुमाउँदा बस दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको जनाइएको छ । बसमा ६३ यात्रु सवार थिए । जसमध्ये १६को अवस्था गम्भिर रहेको छ । एजेन्सी