१ कार्तिक २०८३, शनिबार

नगरपालिका स्तरीय फुटबलः वडा नम्बर ९ र ३ बिजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Football-butwall
फाइल तस्वीर

– कृष्ण ओझा
पाँचथर, २१ वैशाख । फिदिम नगरपालिकाको दोस्रो स्थापना दिवसको अवसरमा आयोजित वडास्तरीय फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा वडा नम्बर ९ र ३ विजयी बनेका छन् ।

फिदिम उच्च माविको खेलमैदानमा सम्पन्न पहिलो खेलमा वडा नम्बर २ लाई १ का बिरुद्ध ३ गोल गर्दै वडा नम्बर ९ बिजयी बनेको हो ।

त्यस्तै मंगलबार नै सम्पन्न दोस्रो खेलमा वडा नम्बर ६ लाई २–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर ३ विजयी बनेको हो । यसअघि सोमबार सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर ७ लाई ३–० ले पराजित गर्दै वडा नम्बर १ विजयी बनेको छ ।

प्रतियोगिता अन्तर्गत बुधबार दिनको १ बजे वडा नम्बर ८ सर्भेस ११ र ३ बजे वडा नम्बर ३ भर्सेस १० बीच हुनेछ ।

एन्फा पाँचथरको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको प्रतियोगिताको फाइनल वैशाख २५ गते हुने फिदिम नगरपालिकाका कार्यकारी अधिकृत काजीमान राईले बताए ।