३१ आश्विन २०८३, शनिबार

उरुषा भईन दोस्रो मिस नेपाल कल्चर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Miis

काठमाडौं । मिस नेपाल कल्चर दोस्रो संस्करणको उपाधि रानीबारी सामाखुसी, काठमाडौंकी २४ वर्षीया उरुषा जोशीले जितेकी छिन् ।

सोमबार अबेर साँझ राजधानीको सांस्कृतिक संस्थान नाचघरमा सम्पन्न सो प्रतियोगितामा उनले उपाधि सहित चाँदीको ताज, फोक्सवागेनका तर्फबाट एक वर्षसम्मका लागि कार सेवा जितेकी छिन् । यस्तै सांस्कृतिक संस्थानको सांस्कृतिक सदभावदूतको उपाधि समेत जोशीले हाँसिल गरेकी छिन् ।

प्रतियोगितामा २८ प्रतियोगी सहभागी थिए । जस मध्यबाट रबिभवन, काठमाडौंकी १७ वर्षकी परिसी कारञ्जितले फस्ट रनर अपको उपाधि सहित विभिन्न उपहार हाँसिल गरिन् । यस्तै बिराटनगरकी २० वर्षीया बाला नेपालीले सेकेन्ड रनरअप सहित भिवर्स च्वाईस र मेनेजमेन्ट च्वाईसको उपाधि पनि हाँसिल गरिन् ।

युहान ईन्टरनेशनल इभेन्टस्को आयोजना, सांस्कृतिक संस्थानको सह आयोजना र बिलक्षण क्रियसनको व्यबस्थापन सहयोगमा सम्पन्न सो प्रतियोगितामा मिस ट्यालेन्टको उपाधि रोजमेरी रिजालले जितिन् । यस्तै बेष्ट पर्सनालिटीको उपाधि सोनाली हमालले, मिस कन्जिनियालिटीको उपाधि केनु प्रसाईले, पब्लिक च्वाईसको उपाधि सोना शेर्पाले, मिस फोटो जेनिकको उपाधि श्वेता मिश्रले प्राप्त गरे । सोही प्रतियोगितामा बेष्ट स्किनको उपाधि सुप्रिया श्रेष्ठले र बेष्ट वाकको उपाधि सुप्रभा कुँवरले जितिन् ।

संस्कृतिक संस्थानका अध्यक्ष उधोग राईको सभापतित्वमा सम्पन्न सो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले र नृत्य निर्देशक बिजय मानन्धरले गरेका थिए ।

युहान इन्टरनेशलनका प्रबन्ध निदेशक सानु खानको परिकल्पनामा सम्पन्न सो प्रतियोगिताको निर्णायकमा पूर्व मिस नेपाल उषा खड्गी, खचलचित्र निर्देशक दिनेश डिसी, अभिनेता गजित बिष्ट, चलचित्र द्धन्द्ध निर्देशक चन्द्र पन्त, अग्रज कलाकार प्रभाकरदेब शर्मा, अन्तराष्टिय इभेन्ट अर्गनाईजर नासिर हुसेन, मिस प्लस टु नेपाल २०१५ तथा अभिनेत्री आँचल शर्मा र फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरा थिए ।

कार्यक्रममा साँस्कृतिक संस्थानका विभिन्न कलाकारले शिब ताण्डब, मारुनी र शर्मिला नेपालले लोक नृत्य प्रस्तुत गरेका थिए ।

नेपाली कला संस्कृतिको संरक्षण प्रवर्धनसँगै नयाँ पुस्तामा संस्कृति हस्तान्तरणका लागि मिस नेपाल कल्चर आयोजना गरिएको युहान इन्टरनेशलन इभेन्टेसकी अध्यक्ष संजिता श्रेष्ठले बताईन् ।