१८ कार्तिक २०८३, बुधबार

सडक दुर्घटनामा परी एमाले नेता ओलीको निधन, शोकमा डुब्यो एमाले बाँके

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-cpn-logo

नेपालगञ्ज, २१ वैशाख । नेकपा एमालेका एक जना जिल्लास्तरीय नेताको अचानक निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बाँकेको खासकुश्मा–२ कुसुम घर भएका एमाले नेता भेदलाल ओलीको पूर्वपश्चिम राजमार्गको कचनापुर–१ अगैयामा सोमबार राति ८ बजे मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको हो ।

समाजसेवामा खटिने खासकुश्मा गाविसका पूर्व अध्यक्ष ओली अहिले एमाले बाँकेका जिल्ला कार्यसमिति सदस्य थिए । एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाका अनुसार नेता ओलीको निधनले एमाले बाँके र खासकुश्मा गाउँ पुरै शोकमा डुबेको छ ।

यसरी भयो घटनाः

ओलीले चलाएको भे ६ प ८२७ नम्बरको मोटरसाइकल विग्रिएर सडकमा रोकिएको लु १ ख ६८९३ नम्बरको ट्रकमा ठोक्किदा घटना भएको प्रहरीको भनाई छ ।

दुर्घटनामा गम्भीर घाइते भएका ५३ वर्षीय ओलीलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुगाउदा चिकित्सकले मृत घोषित गरेका थिए ।