काठमाडौं, २१ वैशाख । सरकारले विश्व प्रेस स्वतन्त्रता दिवसका अबसरमा चार जना वरिष्ठ सञ्चारकर्मीलाई यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
सूचना तथा सञ्चारमन्त्री शेरधन राईका प्रेस सल्लाहकार मात्रिका पौडेलका अनुसार सरकारले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षद्वय सुरेश आचार्य र शिव गाउँले, महासंघका पूर्व महासचिव ओम शर्मा र जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई दिने निर्णय भएको छ ।
सरकारले यो पुरस्कार र सम्मान राष्ट्रिय पत्रकारिता दिवसका दिन वैशाख २४ गते राष्ट्रपतिको हातबाट प्रदान गरिने सल्लाहकार पौडेलले जानकारी दिनुभयो ।
सोहीदिन गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कार बरिस्ठ पत्रकार ध्रुबहरि अधिकारीलाई प्रदान गरिनेछ ।












प्रतिक्रिया