३१ आश्विन २०८३, शनिबार

बिपाशा करनकी तेस्रो पत्नी भएको सनसनीपूर्ण खुलासा, को–को थिए अरु दुई पत्नी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bipasha & Karanमुम्बई । अभिनेत्री बिपाशा बसु आफ्ना ब्वायफ्रेंड करन सिंह ग्रोवरसँग विवाह गरेर वैवाहिक बन्धनमा बाँधिइसकेकी छिन् । तर, करण सिंह ग्रोवरको भने यो तेस्रो बिहे हो । बिपाशाको भने यो पहिलो विवाह रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यसअघि करन सिंह ग्रोवरले टीभी अभिनेत्री जेनिफर विंजेट र श्रद्धा निगमसँग विवाह गरेर छोडपत्र गरेका थिए । जेनिफर र श्रद्धाले करण सिंह ग्रोवरलाई विवाहको शुभकामना पनि दिइसकेका छन् । उनीहरूले करनको परस्त्रीगमनमा धेरै लागेका कारण छाडेको आरोप लगाएका छन् ।

करन सिंह ग्रोवर र श्रद्धाबीच २००८ मा विहे भएको थियो । तर, उनीहरूको वैवाहिक जीवन धेरै चल्न सकेन । दुई वर्षभित्रै उनीहरू छुट्टिएका थिए ।

श्रद्धासँग छुट्टिएपछि करन सिंह ग्रोवरले फेरि सन् २०१२ मा अर्की टीभी अभिनेत्री जेनिफर विंजेटसँग विवाह गरे । जेनिफरसँग पनि करनको सन् २०१५ मा सम्बन्ध विच्छेद भएको थियो ।

नयाँ महिला र युवतीहरूसँग सम्बन्ध राख्न चाहने करनसँग बिपाशा बसुबीच फिल्म अलोनको शूटिङका बेला अफेयर भएको समाचारमा उल्लेख छ ।

यो नयाँ जोडीको सम्बन्ध लामो समयसम्म चलोस भनेर शुभकामना आइरहेका छन् । तर, लेडी किलर करन सिंह ग्रोवरले आफ्नी तेस्रो तथा नयाँ पत्नी बिपाशालाई कसरी खुसी राख्ने हुन् भविष्यले बताउनेछ । – एजेन्सी