१८ कार्तिक २०८३, बुधबार

अग्निपीडितलाई छिटो राहत दिन सांसद विष्टको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gokarna-Bista– अनिल खत्री

गुल्मी, २१ वैशख । सत्तारुढ एमालेका सचिव एवम् सांसद गोकर्णराज बिष्टले अग्निपीडितहरुलाई उद्धार र राहतका काममा ढिलाई गर्न नहुने बताउनु भएको छ ।

तम्घासमा जिल्ला दैबिक प्रकोप उद्धार समितिको बैठकलाई सम्मबोधन गर्दै बिष्टले पछिल्लो समय आगोलागीबाट गुल्मीको वडागाउँ, थोर्गा र दोहोलीमा भएको घटनाप्रति दुख व्यक्त गर्दै अग्निपीडित जनतालाई तत्काल राहत र उद्धारका काममा ढिलाई नगर्न आग्रह गर्नुभयो ।

उहाँले अग्निपीडित जनतालाई एक हप्ताभित्र छानोमुनि बस्ने व्यवस्था मिलाउने गरि सहयोग गर्न सबैलाई आग्रह गर्नु भएको थियो ।

आगोलागी प्रभावित क्षेत्रमा अवलोकन गरेर फर्किएको बताउँदै उहाँले आगोलागीबाट जिल्लामा ठूलो जनधनको क्षति भएकोले यथाशीघ्र राहत सामाग्री पीडित समक्ष पुगाउन आग्रह गर्नुभयो ।