१ कार्तिक २०८३, शनिबार

इन्डियन्सद्वारा पूणे ८ बिकेटले पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

110955-sharma-bat-700पूणे, २० वैशाख । इन्डियन प्रिमियर लिग (आइपीएल)– ९ क्रिकेटमा मुम्बई इन्डियन्सले राइजिङ पूणे सुपरजाइन्सट्सलाई ८ विकेटले पराजित गरेको छ ।

आइतबार राति पूणेमा भएको खेलमा मुम्बईले महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको राइजिङ पुने सुपरजाइन्ट्सलाई ८ विकेटले पराजित गरेको हो ।

राइजिङ पूणे सुपरजाइन्ट्सले दिएको १ सय ६० रनको लक्ष्य मुम्बई इन्डियन्सले १८.३ ओभरमा दुई विकेटको क्षतिमा भेट्टायो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले नट आउट ८५ रन जोड् भने जोस बटलरले २७, अम्बाती रायडुले २२ र पार्थिव पटेलले २१ रन जोडेका थिए ।

राइजिङ पूणेका लागि अशोक दिन्डा र रविचन्द्रन आश्विनले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको राइजिङ पूणे सुपरजाइट्सले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो ।

पूणेका लागि सौरभ तिवारीले सर्वाधिक ५७ रन बनाएका थिए । यस्तै स्टेभन स्मिथले ४५ तथा कप्तान महेन्द्र सिंह धोनीले २४ रन जोडेका थिए । यस्तै यस्तै थिसरा परेरा १२ रनमा नटआउट रहे ।

मुम्बईका लागि जस्प्रित बुर्माले ३ विकेट लिए भने मिचेल र हरभवन सिंहले १–१ विकेट लिएका थिए ।

मुम्बई इण्डियन्स् ९ खेलबाट १० अंकका साथ लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ८ खेलबाट ४ अंक जोडे्को राइजिङ पुने सुपरजाइन्ट्स छैठौँ स्थानमा छ । एजेन्सी