३१ आश्विन २०८३, शनिबार

भूकम्प पीडितको घर बनाउन धुर्मुस-सुन्तलीले मागे सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Basti-dharmus-suntali (1)

काठमाडौं । हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले सुरु गरेको गिरान्चौर एकीकृत नमुना बस्ती निर्माण अभियानमा सजिलै सहयोग गर्न सकिने भएको छ ।

विदेशमा रहेर धुर्मुस सुन्तलीको यो अभियानलाई गो फण्डमीमार्फत एक क्लीकमै सहयोग गर्न सकिने भएको हो ।

देश निर्माण हामी सबैको अभियान नारासहित सुरु भएको सिन्धुपाल्चोक गिरान्चौर एकिकृत नमुना बस्ती निर्माणका लागि सहयोग गर्न चाहानेहरुलाई सजीलो बनाउन र नयाँ प्रविधिको उपयोग गरिएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ । धुर्मुस सुन्तलीको बस्ती निर्माण अभियानमा सघाउन (https://www.gofundme.com/274vdtqc) यो लिंकमा क्लीक गरि आफुले चाहे जति सहयोग गर्न सकिनेछ ।

विशेषत युरोपेली मुलुकमा भएका नेपाल प्रेमी दाजुभाई तथा दिदीबहिनीहरुको सजीलोको लागि यो व्यवस्था गरिएको हो ।

Basti-dharmus-suntali (4) Basti-dharmus-suntali (3) Basti-dharmus-suntali (2)