काठमाडौं । कुनै टेलिभिजनमा खेल्ने व्यक्तिलाई टपक्क टिपेर नायक बनाउँदैमा फिल्म चल्छ भन्ने मान्यतालाई नेपाली दर्शकले यसपटक उल्टो बनाइदिएका छन् ।
एउटा टेलिजिनमा कार्यक्रम चलाउने सुरजसिंह ठकुरीलाई नायक बनाएर निर्माण गरिएको फिल्म ‘जंगे’ रिलिज भएको दोस्रो दिन शनिबारदेखि फिल्महरूबाट उत्रिएर त्यसको प्रमाण दिएको छ । राजधानीका अधिकांश फिल्महलबाट ‘जंगे’ उत्रिएको छ । बरु ‘जंगे’सँगै रिलिज भएको ‘बाजिगर’ले शनिबार राम्रो कमाइ गरेको छ ।
शुक्रबार रिलिज भएको दिन पहिलो शोमा ‘जंगे’ले राम्रो कमाइ गरेको थियो । तर, त्यसपछि ओरालो लागेको ‘जंगे’को कमाइ हुनु त परै जाओस्, शनिबारदेखि भटाभट राजधानीसहित मुलुक बाहिरका फिल्महलबाट उत्रिएको छ ।
सुरजसिंह ठकुरीका कराण निर्माता, निर्देशकका साथै फिल्मका अन्य कलाकारहरूलाई समेत ठूलो धक्का पुगेको छ ।
शुक्रबार रिलिज भएको फिल्म ‘जंगे’ शनिबार दोस्रो शोपछि धमाधम हलहरूबाट उत्रिएको फिल्म बितरकहरूले बताएका छन् । फिल्मको लगानी झण्डै ३० लाख गरिएको निर्माण पक्षको दाबी छ । तर, शुक्रबार र शनिबारको कमाइले त्यो लगानी पनि संकलन हुन नसकेको स्रोतको भनाइ छ ।
आफू कार्यरत मिडिया हाउसलाई प्रभावमा पारेर आफ्नाबारेमा बढाइचढाइ समाचार लेखाएपनि ‘जंगे’ले दुई दिनमा हावा खाएपछि सुरजसिंह ठकुरी र निर्माण पक्ष जिल परेको छ ।
दक्षिण भारततिरका फिल्मसँग मिल्दोजुल्दो फिल्म ‘जंगे’ सुपरफ्लप भएपछि निर्माण पक्षले सुरजसिंह ठकुरीलाई सराप्न थालेको छ ।
फिल्मलाई आईडियाज् एण्ड ईमेजेज र अभाना प्रोडक्सनले प्रस्तुत गरेको हो । फिल्मलाई सुसन प्रजापति, सुभाष कोइराला र एमएस अग्रजले संयुक्त रुपमा लेखेका हुन् । फिल्ममा संगीत अल्मोडा राना उप्रेतीले दिएका छन् ।
‘जंगे’मा कलाकारहरू सुरजसिंह ठकुरी, ऋचा शर्मा, मोहमद नाजिर हुसेन, अनुप बराल, दीपशिखा शाही, नरेश पौडेल, शंशाक मैनाली, प्रदीप ढकाल, सुशीलराज पाण्डे, जोयस पाण्डे, केभिन कार्की र दृश्य सुवेदीलगायतले अभिनय गरेका छन् ।















प्रतिक्रिया