३१ आश्विन २०८३, शनिबार

नायिका बिपाशाले ब्वायफ्रेन्ड करणसँग बिहे गरिन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bipasha-Basu-Karan-Singh-Grover-marriedमुम्बई । बलिउड अभिनेत्री बिपाशा बसुले आफ्ना ब्वायफ्रेन्ड करण सिंह ग्रोवरसँग विवाह गरेकी छिन् ।

शनिवार साँझ बिपाशाले बंगाली परम्पराअनुसार विवाह गरेकी हुन् । विवाह समारोहमा बिपासाले निजकका साथी र परिवारहरूलाई मात्रै बोलाएकी थिइन् । बिपाशाको विवाह समारोहमा पूर्व ब्वायफ्रेन्ड डीनो मोरिया र हेयर स्टाइलिस्ट सपना भवानी पनि सहभागी थिए ।

बिपाशाले बंगाली दुलहीमा रातो किनारा भएको सेतो साडीमा सुनौलो रङ भएको लहंगा लगाएकी थिइन् । बिपाशाका पति करण पञ्जावी सिख हुन् । एजेन्सी