१ कार्तिक २०८३, शनिबार

हैदराबादद्वारा बैंग्लोर १५ रनले पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IPLsनयाँदिल्ली, १९ वैशाख । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई १५ रनले पराजित गरेको छ ।

शनिबार राति राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदान हैदरवादमा भएको खेलमा हैदरावादले बैंग्लोरलाई १५ रनले पराजित गरेको हो ।

हैदरावादले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको रोयल च्यालेन्जर्स बैंग्लोर २० ओभर खेल्दै ६ विकेट गुमाएर १७९ रनमा समेटियो । उसका लागि लोकेश रावलले सर्वाधिक ५१ रन बनाए ।

यस्तै एबी डी भिलियर्सले ४७, सचिव बेबीले २७, केदार जाधबले नटआउट २५ तथा कप्तान विराट कोहोलीले १४ रन जोडेका थिए ।

हैदरावादका लागि आशिष नेहरा, भुवनेश्वर कुमार, मुस्ताफिजुर रहमान, बारिन्डर स्रान र मोइसिसले समान १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको हैदरावादले पूरै ओभर खेल्दै ५ विकेटको क्षतिमा १ सय ९४ रन बनाएको थियो ।

उसका लागि डेभिट वार्नरले सर्वाधिक ९२ रन जोडे । केन विलियमसनले ५०, मोएसिस हेन्रिक्युजले ३१ तथा शिखर धवनले ११ रन जोडे ।

बैंग्लोरका केन रिचार्डसनले २ विकेट लिए भने सेन वाट्सन र साम्सीले १–१ विकेट लिए ।

७ खेलबाट ८ अंक जोडेको हैदराबाद ८ अंकका साथ लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ भने ६ खेलबाट ४ अंक जोडेको बैंग्लोर सातौ स्थानमा छ । एजेन्सी