३१ आश्विन २०८३, शनिबार

कला देखाए मिस नेपाल कल्चरका प्रतियोगीले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

miss nepal culture talent round

काठमाडौ । ‘दोस्रो मिस नेपाल कल्चर-२०१६’मा २८ जना प्रतियोगीले ‘ट्यालेन्ट राउण्ड’ अन्तरर्गत आ-आफ्ना विविध कला प्रस्तुत गरेका छन् ।

सांस्कृतिक सस्थान (नाचघर)को सानो हलमा शुक्रबार भएको सो ‘ट्यालेन्ट राउण्ड’मा प्रतियोगीहरुले नृत्य, गायन, चित्रकला, बतृत्वकला, कविता बाचन जस्ता विविध कला प्रस्तुत गरे ।

बहुसँख्यक प्रतियोगीले नृत्य प्रस्तुत गरेका थिए । सोनाली हमाल, केनु प्रसाई, रोजमेरी रिसाल, सुप्रिया श्रेष्ठ, रोशनी आचार्य, समीक्षा भण्डारी, विसाखा अग्रवाल, सृजना कार्की, रुबी बज्राचार्य,सुदीक्षा लामा, लक्ष्मी राई, सागरिका भण्डारी, सोना शेर्पा, संजना तिमिल्सिना, सुजाना थापा, रिया पोखरेल, परिसी कारँजित, सुप्रभा कुँवर र उरुसा जोशीले विभिन्न लोक, शास्त्रीय एवं आधुनिक नेपाली नृत्य प्रस्तुत गरेका हुन् ।

यस्तै प्रिती घिमिरे, नविना देसार र सृजना गुरुङले गीत गाएका थिए । प्रतियोगीद्धय बाला नेपाली र सदीक्षा घिमिरेले चित्रकला प्रस्तुत गरे भने अमिता कार्कीले नेपाली चलचित्रको अबस्था बारे आफ्नो धारणा राखिन् । यस्तै सविना बुढाथोकी, श्वेता मिश्रा र मोनिका महलाले कविता बाचन गरेका थिए ।

‘ट्यालेन्ट राउण्ड’को निर्णायकमा अग्रज कलाकार तथा सांस्कृतिक संस्थानका नाटक निर्देशक प्रभाकर देब शर्मा, निर्देशक एवं सांस्कृतिक संस्थानका अग्रज नृत्य निर्देशक बिजय मानन्धर, अभिनेता गजित बिष्ट, चलचित्र द्धन्द्ध निर्देशक चन्द्र पन्त र फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महरा थिए ।

युहान इन्टरनेशलन ईभेन्टस्को आयोजना, सांस्कृतिक संस्थान (नाचघर)को सह आयोजना र बिलक्षण क्रियसनको व्यबस्थापनमा मिस नेपाल कल्चरको चयन २० बैशाख साँझ नाचघरमा अन्तिम प्रतिस्पर्धा बचि हुने छ ।