काठमाडौं । कान्तिपुर टेलिभिजन बाट प्रसारण भईरहेको सामाजिक हाँस्य टेलिश्रंखला ‘डिट्ठा साब’ प्रसारणको १५० औ भाग पुरा गरेको अबसरमा सम्मान तथा सहयोग बितरण कार्यक्रम राजधानीको पेप्सिकोला टाँउन प्लानिङ्गामा सम्पन्न भएको छ ।
सुशीला किअर एण्ड सर्भिस सेन्टर नामक संस्था संन्चालन गरि निम्न स्थिरका गरिब तथा सानैमा बाबु आमा गुमाएका टुहुरा बनेका बालबालिकाहरुको भबिष्य सुखत बनाउने उद्देश्यले संचालन गरिएको बाल आश्रमको बालबालिकालाई थप सहयोग पुगोस भन्दै डिट्ठा साब परिवारका तर्फबाट टेलिश्रंखलाका निर्देशक किशोर भण्डारीले नगद सहयोग गर्नुभयो ।
कार्यक्रममा बिगत बिस बर्ष देखि अनवात रुपमा नृत्य तथा अभिनयका माध्यमबाट समाज परिबर्तनका लागि योगदान पुर्याउनु भएको दिक्षित ढकाल र आर्यान दिक्षितलाई पनी सम्मान गरिएको छ ।
किशोर भण्डारीले लेखन तथा निर्देशन गर्नुभयको उक्त टेलिश्रंखलाका कलाकारहरु रेश्मा तिमल्सिना, सन्जय लामा, राजु कमेडि, कमला रेग्मी अर्याल, लकि भण्डारी, कृष भण्डारी, गीता नेपाल, मधुसुधन बाँनिया, गणेश दुलाल, सन्तोषराज सापकोटा, बिरक खड्का, कुशुम ढकाल, रेशम बुढाथोकी लगायतका कलाकारहरुको अभिनय रहेको उक्त कार्यक्रमा बुद्व थापाको छायांकन तथा मधु संजेलको सम्पादन रहेको छ भने मुख्य सहायक निर्देशक रेश्मा तिमल्सिनाले गर्नुभएको छ ।
















प्रतिक्रिया