३१ आश्विन २०८३, शनिबार

फिल्म वितरणक सुनिल भन्छन्, ‘उहिले बाजेको पालामा’लाई रेस्पोन्स छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Uhile Baje ko palamaकाठमाडौं । कलाकार गणेश बेलवासेद्वारा निर्मित ‘उहिले बाजेको पालामा’ले निर्माण टिमले फिल्म रिलिजको अन्तिम तयारीमा रहेको जनाएको छ ।

काठमाडौंको बागबजारमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा कलाकार बेलवासेले फिल्म राजधानी उपत्यकाभित्र वैशाख २४ गते रिलिज हुने बताउनुभयो । ‘फिल्मबाट ठूलो अपेक्षा लिएको छु’, उहाँले भन्नुभयो, ‘अहिलेसम्म प्रचार प्रसारका क्रममा सबैतिरबाट राम्रो रेस्पोन्स पाएको छु ।’

‘उहिले बाजेको पालामा’ले उपत्यका बाहिरका हलहरूमा भने जेठको ७ गते रिलिजको समय तोकेको छ । जेठ ७ गते ‘उहिले बाजेको पालामा’ दाङका अधिकांश फिल्महरूमा चल्नेछ ।

पत्रकार सम्मेलनमा वितरक सुनिल मानन्धरले राजधानीमा जमलको विश्वज्योतिसहित कम्तिमा १३ वटा फिल्महरूमा एकैसाथ चल्ने बताउनुभयो । ‘उहिले बाजेको पालामाले राम्रो पैसा संकलन गर्न सक्छ’, उहाँले भन्नुभयो, ‘वैशाख २४ गते राजधानीमा ३ वटा फिल्म रिलिज हुन लागेको छ । अरुभन्दा यो फिल्म रेटिङ्मा राम्रो देखिएको छ ।’

३५ लाखभन्दामाथि खर्च भएको ‘उहिले बाजेको पालामा’पछि अर्को फिल्म पनि बनाउने कलाकार बेलबासेको भनाइ छ । फिल्ममा दिलिप रायमाझी, कमल गाउँले, खुश्बु खड्का, नवीन श्रेष्ठ, सपना रोका आदिको अभियन छ । ‘उहिले बाजेको पालामा’लाई बसन्त जीएमले निर्देशन गरेका हुन् ।

फिल्मको शूटिङ दाङ र सल्यान जिल्लाका विभिन्न स्थानमा गरिएको बेलबासेले बताउनुभयो ।