३१ आश्विन २०८३, शनिबार

ऋतिकले डिभोर्स गरेपनि उनकै पक्षमा उभिइन पत्नी सुजैन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hritik_

एजेन्सी । कंगना रनौतसँग चलिरहेको विवादका बीच ऋतिकलाई उनकी पूर्व पत्नी सुजैन खान साथ मिलेको छ ।

सुजैनले ऋतिको पक्षमा एक ट्वीट गरेकी छिन् । भर्खरै लिक भएको भनिएको ऋतिकले कंगनालाई अंगालो हालेर च्यापेको फोटोलाई सुजैले फोटो शप्ड भनेकी हुन् । अर्थात उक्त फोटो फोटो सप प्रयोग गरिएर बनाएको नक्कली थियो ।

ट्वीट गर्दै सुजैनले लेखेकी छिन- ‘रेकर्डका लागि यो एउटा फोटो मात्रै हो । म यो मुद्दामा ऋतिकको सपोर्टमा गर्छु ।’ ऋतिकले पत्नी सुजैनसँग गत वर्ष डिभोर्स गरेका थिए ।

1hrithik-kangana-leakedpicture
कंगनाको अंगालोमा ऋतिक

उनको डिभोर्सको कारण कंगनाबीचको सम्बन्धलाई मानिदै आएको थियो । केही समयअघि कंगनाले सार्वजनिक वयानमै ऋतिकलाई पूर्व प्रेमी भनेपछि दुबैबीच विवाद चर्किएको छ र अहिले पनि जारी छ ।

यो विवादले बलिउड बजार पुरै गर्माएको छ ।