काठमाडौं । धर्तीपुत्र, आरोप, वे–टू–इञ्जुरीलगायतका ठूला फिल्मको निर्देशन गरिसकेका निर्देशक अमर ओलीले धादिङ निवासी अम्बिका अधिकारीसँग विवाह गरेका छन् ।
निर्देशक ओलीले अम्बिकासँग मंगलबार बालाजुस्थित एक पार्टी प्यालेसमा बिहे गरेका हुन् । बिहेमा निर्देशक ओलीका सीमित आफन्त, कलाकार र केही पत्रकारलाई मात्रै बोलाएका थिए । माइती पक्षबाट पनि अम्बिकाले सीमित आफन्तलाई मात्रै बोलाएको स्रोतको भनाइ छ ।
दश वर्ष लामो प्रेमचक्करपछि निर्देशक ओलीले अम्बिकालाई भित्र्याएका हुन् । ‘हामीबीच दश वर्षअघि धादिङमा म्युजिक भिडियो शूटिङका बेला मायाप्रेम बसेको थियो’, निर्देशक ओलीले लजाउँदै भने, ‘त्यही मायाप्रेम झाँगिएर बिहेमा परिणत भएको हो ।’
अम्बिका कलाक्षेत्रकी होइनन् । उनले प्राभेट कम्पनीमा काम गछिन् । तपाई कलाकार पत्नी त कलाक्षेत्रभन्दा बाहिरको बिहे गर्नुभए छ नी भन्ने जिज्ञासामा ओलीले भने, ‘यही गर्छु भन्ने थिएन । मायाप्रेम जोसँग बस्यो त्यसैले बिहे गरेको हो ।’
निर्देशक ओलीको फिल्म ‘आरोप’ पोष्ट प्रोडक्सनको अन्तिम चरणमा छ । यो फिल्म छिट्टै रिलिजको तयारीमा रहेको निर्माण पक्षले जनाएको छ । फिल्ममा सञ्चिता लुइँटेलका साथै विभिन्न कलाकारहरूले अभिनय गरेका छन् ।















प्रतिक्रिया